खैरो हेरोइनसहित ५ जना पक्राउ
काठमाडौँ । कलाली र झापाबाट प्रहरीले खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ । कैलालीका विभिन्न ठाउँबाट ४ जना र झापाको मेचीनगरबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका बस्दै आएका ३१ वर्षीय पप्पु राना, १९ वर्षीया करिष्मा छेडाल, ३० वर्षीय शाहिल नेपाली र १८ वर्षीय एक किशोर रहेका छन् ।
पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण