एमाले कोशी संसदीय दलका उपनेता भन्छन्–एमाले अब रमिता हेर्छ
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता राम राना मगरले ‘एमाले अब चुप लागेर बस्ने’ बताएका छन् । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभा सञ्चालन गरिरहेको बेला सभाध्यक्ष इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएर पारित भयो नि भन्ने प्रश्नमा रानाले यस्तो बताएका हुन् ।
कुराकानीका क्रममा उनलाई एमाले अब अदालत जान्छ कि के गर्छ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘अदालतको चानचुने कुरा भयो । अहिलेलाई ४७ भइगयो माओवादी, कांग्रेसको बहुमत पुग्यो । त्यसैले एमालेले रमिता मात्रै हेर्न भन्ने छ । समाजवादको आधार बल्ल खडा भयो त्यसकारण रमिता हेर्ने ।’
उनले अब समाजवादको आधार खडा भएको भन्दै व्यंग्यात्मक शैलीमा थप आक्रोश व्यक्त गरे । ‘समाजवादको आधार खडा भएकोले एमाले अब रमिता हेर्छ भनेर मेरो तर्फबाट तपाईँले लेखिदिनुहोला । यो मुद्दा मामिला भनेको प्राविधिक कुरा हुन् । राज्य बनाउने भनेको सिद्धान्तले होइन । सिद्धान्तले राज्य बनाउँछु भनेको हो भने समाजवादको आधार खडा भयो । यसलाई माओवादीले लागू गर्छ एमालेले रमिता हेरेर बस्छ । अहिलेलाई मेरो तर्फबाट यति नै ।’
उता, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक कुरा जोडिएकोले भोलि परामर्श गरेर मात्रै के गर्ने भन्ने विषय सार्वजनिक गर्ने बताए । ‘संविधानको ठाडो उल्लंघन भएको छ । अदालत त जान्छौँ नै । त्यसमा परामर्श गरेर सोच विचार गछौँ,’ कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण