बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरण गरि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

सोमबार, ०४ भदौ २०८०, २२ : ११
सोमबार, ०४ भदौ २०८०

दाङ। दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा  ७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् । 

उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप