म्यासेन्जरमा फोन गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा युवक पक्राउ
मङ्गलबार, ०५ भदौ २०८०, १८ : ४५
काठमाडौँ । सामाजिक संजाल म्यासेन्जरमा अपरिचित महिलालाई ‘भिडियो कल’ गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भएका २९ वर्षीय तुफान केसी छन् ।
आरोपीतलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए । ‘भिडियो कल’ गरेर फरक मोबाइलमा रेकर्ड समेत गर्दै आरोपीतले नकारात्मक कमेन्ट गरेको पीडितको आरोप छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण