आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

म्यासेन्जरमा फोन गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, ०५ भदौ २०८०, १८ : ४५
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । सामाजिक संजाल म्यासेन्जरमा अपरिचित महिलालाई ‘भिडियो कल’ गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भएका २९ वर्षीय तुफान केसी छन् ।

आरोपीतलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए । ‘भिडियो कल’ गरेर फरक मोबाइलमा रेकर्ड समेत गर्दै आरोपीतले नकारात्मक कमेन्ट गरेको पीडितको आरोप छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप