झापामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।
उनका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उनको भनाइ छ ।
ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरीे शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण