सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बजारमा नयाँ

‘सामसङ ग्यालेक्सी ‘जी फोल्ड ५’ ले प्रडक्टिभिटी बढाउँछ’

बिहीबार, ०७ भदौ २०८०, १० : २९
बिहीबार, ०७ भदौ २०८०

सामसङ नेपाली बजारमा अगस्ट ७ देखि सामसङ ग्यालेक्सी जेड फोल्ड ५ र फ्लिप ५ फोनको प्रि–अर्डर खुलाएको छ । नेपाली बजारमा सार्वजनिक भएलगत्तै कम्पनीले प्रि–अर्डर खुलाएको हो ।

विश्वव्यापी रूपमा फोल्डेबल फोन ल्याएर स्मार्टफोनको दुनियामा क्रान्ति नै गरेको सामसङले यी फोनहरूले नेपालमा समेत बलियो उपस्थिति देखाएका छन् । सार्वजनिक भएका यी पाँचौँ जेनेरेसनका फोनका विशेषता र नेपालमा यी फोनको भविष्यका विषयमा रातोपाटीले सामसङ इलेक्ट्रोनिक्सका महाप्रबन्धक प्रणयरत्न स्थापित*सँग गरेको कुराकानीको सम्पादित अंशः

–फोल्डेबल फोनहरूमा प्रयोग भएको नयाँ प्रविधि र ‘इनोभेसन’ के–के छन् ?

मोबाइलको प्रविधि र आविष्कार एकदमै तीव्र गतिमा अघि बढिरहेको छ । त्यही सिलसिलामा चाहिँ स्मार्टफोनमा (बार्डफोन) बाट ‘नयाँ फर्म फ्याक्टर’ अर्थात् डिस्प्ले नै फोल्ड हुने प्रविधिसम्म आइपुगेको छ । सामसङ डिस्प्ले फोल्ड गर्ने प्रविधिमा ‘ग्लोबल लिडर’ हो । यसमा डिस्प्ले फोल्ड गर्न सकिने भएकाले प्रयोगमा सहज हुन्छ । यो फोन सानो आकारमा आउने भए पनि आवश्यकताअनुसार ठूलो स्क्रिनको सदुपयोग पनि गर्न सकिन्छ । यस्तै फोल्ड गर्दासमेत अगाडिको स्क्रिन प्रयोग गर्न मिल्छ ।

–तपाईंले फोल्डेबल फोनमा सामसङ ग्लोबल लिडर रहेको बताउनुभयो । पहिलो फोल्डेबल फोन सार्वजनिक भएदेखि अहिलेसम्म बजार कसरी परिवर्तन भइरहेको छ ? यसको भविष्य कस्तो देख्नु हुन्छ ?

सामसङ फोल्डेबल फोनमा ग्लोबल लिडर नै हो । हालसालै बजारमा सार्वजनिक गरेको नयाँ फोन चाहिँ ‘फिफ्थ एडिसन’ हो । अहिले हामीले ग्यालेक्सी ग्लोक्सी ‘जेड फोल्ड ५’ र ‘जेड फ्लिप ५’ हो । यहाँसम्म आइपुग्दा यसमा ठूलो परिमार्जन भएको छ । प्रविधिलाई रिफाइन गर्दागर्दा अहिलेको स्थितिमा आइपुगेको छ । यसमा फिचरवाइज धेरै इम्प्रुभमेन्ट भएको छ ।

–तपाईंहरूले सार्वजनिक गर्नुभएको ‘फोल्ड ५’ र ‘फ्लिल्प ५’ के अपग्रेड भएको छ ?

सामसङले नेपालमा फोल्ड ५ र फ्लिप ५ गरी दुईवटा फोन सार्वजनिक गरेको छ । फोल्ड ५ मा नयाँ प्रविधिसहितको फ्लेक्सेबल डिस्प्ले छ । यो प्रकारको प्रविधि यसअघि हामीले कल्पना पनि गर्न सकिँदैनथ्यो । फोनलाई पट्याउन मिल्ने विषय सम्भव बनेको छ । यो फोन आफ्नो प्रडक्टिभिटी बढाउन चाहने वर्गलाई लक्षित गरिएको छ । किनभने यो फोन आफैँमा शक्तिशाली छ । यसले व्यक्तिको प्रडक्टिभिटी बढाउन सहयोग गर्छ ।

यस्तै फ्लिप ५ ले नयाँ पुस्तालाई लक्षित गरेको छ, जो टिकटक, युट्युबलगायतमा कन्टेन्ट क्रिएट गर्छन् । त्यसैले यी दुईवटा फोन फ्याक्टर फोल्डेबल भए पनि लक्षित वर्ग भिन्न छ ।

–सार्वजनिक भएका नयाँ फोनहरूको टिकाउमा प्रश्न उठिरहेको छ । यो विषयलाई कम्पनीले सम्बोधन गरेको छ ?

यी फोन बजारमा आउनुअघि ल्याबमा धेरै पटक परीक्षण गरेर ल्याइएको फोन हो । फोल्ड भए पनि टिकाउ फोन हो । ल्याब परीक्षणमा दुई लाख पटक फोल्ड गर्दासमेत समस्या आएको छैन । टिकाउपनको विषयमा कुरा गर्दा यो फोनको वारेन्टी नै एक वर्षको हुन्छ । अवस्था हेरेर पार्ट फेर्ने र बनाउने सम्मको व्यवस्था हुन्छ । यस्तै पानीको गहिराइमा ३० मिनेटसम्म राख्दा पनि समस्या पर्दैन । किनभने यो वाटरप्रुफ फोन हो ।

यो फोनमा प्रयोग भएको ग्लासलाई गोरिल्ला ग्लास भिक्टस २ भनिन्छ । यो सबैभन्दा राम्रो र गुणस्तरको ग्लास हो । फोनमा स्क्र्याच नहुने र खस्दा पनि हत्तपत्त नफुट्ने हुन्छ । यसबाट टिकाउ पनि झनै बढ्छ । यस्तै १ वर्षका लागि ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि छ । यसबाहेक फोल्डेबल फोनमा प्रोटेक्टिभ फिल्म राखिएको हुन्छ, जसलाई १ पटकसम्म रिप्लेसमेन्टको सुविधा राखिएको छ ।

–नेपालमा फोल्डेबल फोनहरूको बजार र भविष्य कस्तो देख्नुहुन्छ ?

बार्ड फोनमा प्रविधि एक तहको परिष्कृत भइसकेको छ । बार्डबाट फोल्डेबलमा आउँदा ग्राहकले धेरै भिन्नता पाउँछन् । यसले गर्दा विश्वव्यापी रूपमा फोल्डेबल फोन प्रयोग गर्न नसक्ने अवस्था आउँथ्यो । तर अहिले फोल्डेबल फोन मेन स्ट्रिममा आइरहेको छ । सन् २०२३ मा विश्वव्यापी रूपमा फोल्डेबल फोनको बजार २ करोड पिसको हुन्छ भन्ने प्रक्षेपणसहितको एउटा तथ्याङ्क आएको थियो । नेपालमा पनि धेरै ग्राहक फोल्डेबल फोनमा इच्छुक छन् ।

–यी दुई फोन सार्वजनिकसँगै प्रि–अर्डर पनि खोल्नुभएको थियो । प्रि–अर्डर गर्ने ग्राहकलाई हुने फाइदा के–के छन् ? रुचि कत्तिको देखिएको छ ?

हामीले अगस्ट ७ बाट नेपालमा प्रि–अर्डर सुरु गरेका थियौँ । अहिले पनि हामी प्रि–अर्डरकै फेजमा छौँ । प्रि–अर्डर गर्ने ग्राहकलाई २५ हजार रूपैयाँसम्मको सुविधा छ । यस्तै अघिल्ला वर्षहरूको तुलनामा ग्राहकको चाहना बढेको देखिएको छ र अर्डर बढिरहेको छ ।

–सेवाग्राहीले समग्र सामसङका फोन किन्दा के–कस्ता सुविधाका व्यवस्था छन् ?

प्रि–अर्डरमा २५ हजार रूपैयाँ बराबरको सुविधा छ । यस्तै फोल्डेबलमा धेरै जनाको चाहना छ । क्रयशक्तिका हिसाबले यो महँगो नै फोन हो । सोही कारण हामीले ‘सामसङ इन्स्टा फाइनान्स’मार्फत जिरो ब्याजमा १२ महिनासम्मको किस्ताबन्दीमा उपलब्ध गराइएको छ । यसमा ४० प्रतिशतको डाउन पेमेन्टको व्यवस्था छ । यस्तै नयाँ फोन लिन पुरानो फोन एक्सचेन्जको पनि व्यवस्था गरिएको छ । यो सेवा नेपालभरबाट लिन सकिन्छ ।

–अहिले विश्वव्यापी रूपमा ‘सस्टेनेबेलिटी’ को विषय उठ्दै आइरहेको छ । यसमा पनि कम्पनीले केही ध्यान दिएको छ ?

अहिले विश्वव्यापी रूपमा सस्टेनेबेलिटीको विषय उठ्दै आइरहेको छ । यसबारे कम्पनी पहिलाको भन्दा झन् धेरै सजग बनेको छ । कम्पनीले प्रदूषण र वातावरणीय प्रभाव न्यूनीकरणमा चासो दिएको छ । फोनको प्याकेजिङमा ‘सिङ्गल युज प्लास्टिक’ लाई अभोइड गरिएको छ । यस्तै फोन बन्नलाई चाहिने धेरै कम्पोनेन्टमध्ये १५ वटा कम्पोनेन्ट ‘रिप्रोसोसिङ’ मार्फत बनेका छन् । यसको अर्थ उपभोग भइसकेका वस्तुलाई प्रोसेसिङ गरेर बनेका हुन् । समुन्द्रमा फालिएका माछा मार्ने डोरी र अन्य प्लास्टिकका बोटललाई प्रशोधन गरेर फोन बनाउन प्रयोग गरिएको छ ।

*यसअघि अन्तर्वार्तामा प्रणयरत्न स्थापित हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप