दुई लाखभन्दा बढी रकमसहित १३ जना जुवाडे पक्राउ
बिहीबार, ०७ भदौ २०८०, १५ : २०
सुर्खेत । सुर्खेतमा नगद २ लाख १९ हजार ९ सयसहित १३ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका–७ बस्ने दिनेश हमाल, दुल्लु– १३ को जगत भण्डारी, वडा–६ का थिर बहादुर खड्का, शेर बहादुर खड्का, सन्तोष थापा, वडा नम्बर–८ का लक्ष्मण सिंह, अमृत सिंह रहेका छन् ।
यस्तै दैलेखकै डुङगेश्वर गाउँपालिका–२ को नेत्र विष्ट, भैरवी गाउँपालिका–५ का रत्न बहादुर थापा रहेका छन् ।
यस्तै वीरेन्द्रनगर वडा नम्बर ४ बस्ने जनक बहादुर सुनार, ३ का ओम खड्का, वडा नम्बर ६ का सरोज बराल र वडा नम्बर ४ का हर्क थापा रहेका छन् ।
उनीहरुको साथबाट रकमसहित ५ गड्डी तास, १५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण