बूढानिलकण्ठबाट पेस्तोलसहित युवक पक्राउ
आइतबार, १० भदौ २०८०, १८ : ३३
काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएका सुरज श्रेष्ठ उर्फ सुलभ छन् ।
२८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपितको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।
आरोपित सुरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । शुक्रबार पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण