फार्मबाट बंगुर लिएर किसानलाई ठग्ने युवक पक्राउ
४४ लाख ठगेको उजुरी
आइतबार, १० भदौ २०८०, २१ : १९
काठमाडौँ । बंगुर फार्मबाट बंगुर लिएर किसानलाई ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–३ घर भएका ३२ वर्षीय पेमा ध्वज लामा छन् ।
गाडीमा राखेर बंगुर पठाएपछि बैंक वा एटिएमबाट पैसा निकालेर ल्याउँछु भनेर उनी फरार हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपीतविरुद्ध ४४ लाख ठगेर भागेको उजुरी परेको छ ।
उनले काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँमा रहेका फार्मबाट बंगुर किन्ने भनेर झुक्याएर ठग्ने गरेका थिए । आरोपीतविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण