युवा संघमा विवाद : सदस्य–सचिवको जिम्मेवारी नलिने राईको घोषणा
सोमबार, ११ भदौ २०८०, १० : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सदस्यसचिव सञ्जीप राईले जिम्मेवारी अस्वीकार गरेका छन् । आइतबार सम्पन्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राईलाई सदस्य सचिवको जिम्मेवारी तोकेको थियो ।
त्यस्तै कृष्ण विकलाई संयोजक र नितेष पौडेललाई सहसंयोजक तोकेकोमा पौडेलले समेत आपत्ति जनाउँदै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । ‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा, माया र शुभेच्छा प्रकट गर्नुहुने सबै कमरेडहरूलाई विशेष धन्यवाद’, राईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण