कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
सोमबार, ११ भदौ २०८०, २२ : २७
बुटवल । दाङमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका–१६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।
घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०५७ साल साउन ६ गते ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण