२० किलो चाँदीसहित दुई जना युवा पक्राउ
मङ्गलबार, १२ भदौ २०८०, १७ : ५४
विराटनगर । अवैध रूपमा २० किलो चाँदी लिएर काठमाडौँ हिँडेका दुई युवा पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । उनीहरुलाई बिपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को सिन्धुली गढी प्रहरी चौकीले पक्राउ गरेको हो ।
उनीहरुले प्रयोग गरेको ०१–०२५ च १०६९ नं को निजी कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कारको पछाडि सिटमुनि लुकाएर २० किलो चाँदी राखेको फेला परेको थियो ।
उक्त चाँदीको मूल्य २४ लाख ६१ बराबरको छ । नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण