पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल
सोमबार, १८ भदौ २०८०, ०९ : १७
पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई ४–१ गोलले हराएको छ । उता पराजयसँगै लियोनका म्यानेजर लरेन्ट ब्ल्याङ्कमाथि थप दबाब बढेको छ ।
खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । असरफ हाकिमीले २० औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा मार्को असेन्सियोले पीएसजीका लागि तेस्रो गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा टोलिसोले पेनाल्टीबाट लियोनका लागि सान्तवना गोल गरे । लिगको दोस्रो स्थानमा रहेको पीएसजी यो सिजन लिगमा अपराजित रहेको छ । लियोन भने चार खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको पुछारमा रहेको छ । उता फ्रान्सका फरवार्ड एम्बाप्पेले टोलीमा फर्किएपछि तीन खेलमा पाँच गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण