आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल

सोमबार, १८ भदौ २०८०, ०९ : १७
सोमबार, १८ भदौ २०८०

पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई ४–१ गोलले हराएको छ । उता पराजयसँगै लियोनका म्यानेजर लरेन्ट ब्ल्याङ्कमाथि थप दबाब बढेको छ ।

खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । असरफ हाकिमीले २० औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा मार्को असेन्सियोले पीएसजीका लागि तेस्रो गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । 

दोस्रो हाफमा टोलिसोले पेनाल्टीबाट लियोनका लागि सान्तवना गोल गरे । लिगको दोस्रो स्थानमा रहेको पीएसजी यो सिजन लिगमा अपराजित रहेको छ । लियोन भने चार खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको पुछारमा रहेको छ । उता फ्रान्सका फरवार्ड एम्बाप्पेले टोलीमा फर्किएपछि तीन खेलमा पाँच गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप