बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘नाङ्गो गाउँ’ले नागरिकको दायित्व सम्झाउँछ : निर्देशक दीपेन्द्र

सोमबार, १८ भदौ २०८०, १२ : ५७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । अचेल राजनीतिक कथावस्तुमा फिल्म धेरै निर्माण हुन थालेका छन् । कथा राजनीतिक दाउपेच भएपनि क्लाइमेक्स प्रश्न राजनीतिक दल तथा क्रियाकलाप माथिका उठाउने गरिएको छ । निर्देशक दीपेन्द्र लामाले आफ्नो फिल्म ‘नाङ्गो गाउँ’को विषयववस्तु राजनीति भएपनि कथाको उठान र अवतरण फरक भएको बताए ।

‘राजनीतिक बिषयमा बनेका अधिकांश फिल्मले नेतालाई बिभिन्न प्रश्न राख्छ’, लामाले भने, ‘नांगो गाउँ’ ले भने नेतालाई होइन, नेता चुन्ने जनतालाई प्रश्न गर्छ ।’

‘हामी बिग्रिएको दोष सबै नेताहरुको टाउकोमा थुपार्छौं । त्यो हुनुमा जनता कति दोषी । त्यस्तो नेता चुन्ने जनताको दोष के–केमा छ त्यो देखाउँछ’, लामाले थपे, ‘राजनीतिक बिषयबस्तु भएपनि फिल्म भने पूर्ण कमर्सियल छ ।’ फिल्म दर्शकले पैसा तिरेर हेर्ने भएकोले त्यो पैसा पुरै असुल हुने हिसाबले निर्माण भएको उनले सुनाए ।

लामाले यस अगाडिको फिल्म ‘छ माया छपक्कै’ मा पनि राजनीति बिषयबस्तु उठाएका थिए । खानेपानीलाई लिएर दुई गाउँबीच हुने राजनीति देखाएको फिल्म राजनीतिको बिषयमा अनेक प्रश्न गरिएको थियो । योपटक पनि उनले राजनीतिका कारण गाउँका बस्ती पातलिँदै गएको विषय प्रस्तुत गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

के राजनीतिमा प्रति तपाइँको चासो हो ? प्रश्न राख्न नपाउँदै दीपेन्द्रले उत्तर दिए, ‘राजनीति चासो नभएपनि हरेक पटकको राजनीतिमा क्रियाकलापमा सहभागी हुँदै आएको छु । देश, समाज बिग्रिएको हामीले असल नेता चुन्न नसकेर हो । फिल्ममार्फत असल नेता चयन गर्ने नागरिकको दायित्व सम्झाएको छु ।’ नांगो गाउँलाई राजनीतिक विम्बात्मक रुपमा आफूले पेश गरेको उनले सुनाए ।

‘नाङ्गो गाउँ’ अगामी २९ भदौबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।  लेखन समेत निर्देशक दीपेन्द्रको रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप