ओरेक र इन्सेकको स्थलगत अध्ययनको निष्कर्ष : हिरासतमा रहेकी महिलामाथि यौन हिंसा भएको पुष्टि हुने आधार छन्
काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायले हिरासतमा रहेकी महिलालाई यौन हिंसा गरेको पुष्टि हुने आधार फेला परेको जनाएका छन् ।
संयुक्त रुपमा गरिएको स्थलगत अध्ययनका क्रममा हिरासतमा रहेकी महिलालाई बयानका लागि राति डीएसपी रायले बोलाएको प्रहरी अधिकारी र पीडित महिलाले बताएको ओरेकको निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी ३५ वर्षीय महिलालाई गत चैत ६ गते राति ११ः३० देखि १२ बजे सोही कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रायले बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएर दुई पटक बलात्कार गरेको पीडित महिलाले बताएको विज्ञप्तिमा उल्लेख छ ।
चैत ४ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गतेमात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको उजुरी समेतको आधारमा ज्यान सम्बन्धी कसुरको अभियोगका कारबाही प्रक्रिया अघि बढाएको देखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै ओरेकका अध्यक्ष डा. रेणु अधिकारीले थुनामा राखेको महिलालाई सोधपुछ गर्न महिला प्रहरी नै हुनुपर्ने बताइन् । साथै घटनाको निष्पक्ष छानबिनको सुनिश्चितताका लागि सबै मानव अधिकार रक्षकहरु चनाखो हुनुपर्ने उनको भनाइ छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार उल्लंघनका यस्ता घटनामा सबै मानव अधिकारकर्मीहरु एकजुट हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण