बलिउड स्टारको नेपाली दर्शकलाई यस्तो सन्देश
मुम्बई – बलिउड स्टार टाइगर श्राफले नेपाली दर्शकलाई भित्रिदै गरेको नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देश मार्फत उनले र अभिनेत्री दिशा पटानीले समेत नयाँ वर्षको कामना व्यक्त गरेका हुन् ।
आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘बागी २’हेर्न समेत यी दुई स्टारले आग्रह गरेका छन् । एक्सन ड्रामा बागीको यो दोसो सिरिज हो ।
अघिल्लो प्रिक्वेलले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।
बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बागी २’को केही पहिले ट्रेलर सार्वजनिक भएको थियो । २ मिनेट ४५ सेकेण्डको ट्रेलरमा टाइगर र दिशाको दमदार केमेस्ट्रीका साथै जबरजस्त एक्सन समावेश गरिएको छ ।
टाइगरको स्टन्ड र डाइलगलाई दर्शकले मन पराएका छन् । ट्रेलरमा टाइगरलाई ‘वन म्यान आर्मी’ भनेर सम्बोधन गरिएको छ । बागी २ मार्फत टाइगरले गर्लफ्रेण्ड दिशासँग पहिलोपटक रोमान्स गर्दै ठूलो पर्दामा स्क्रिन शेयर गरेका छन्।
३० मार्चमा प्रदर्शन हुने चलचित्रमा टाइगर र दिशाका अलावा रणदिप हुड्डा, मनोज वाजपेयी र प्रतिक बब्बर मुख्य भुमिकामा छन् । चलचित्र अहमद खानले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण