कैलालीमा नक्कली महका एक कारोबारी पक्राउ
धनगढी । कैलालीको धनगढीमा नक्कली महको कारोबार गर्दै आएका एक जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका २ फनपार्कस्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीका छोरा ३० वर्षीय जुमाइदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राम बहादुर बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको छ । उनको साथबाट अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको नक्कली मह बरामद समेत गरेको छ ।
प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस ४ सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाइ र चिनी ५० किलो बरामद गरिएको बताइएको छ ।
अखाद्य सामग्री उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । आवश्यक कारबाही तथा अनुसन्धानका लागि अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण