७ वर्ष अघि मन्दिरबाट चोरिएको थियो : अहिले प्रहरीले फोन गरेर भने, ‘आएर चिनेर लिएर जानुुस् जुत्ता’
भिडभाडयुक्त मन्दिरबाट जुत्ता चोरी हुने घटना सामान्य भइसकेको छ । जुत्ता फुकालेर मन्दिर भित्र गयो, बाहिर आउँदा लगाउन पाइने हो कि होइन, पत्तो हुँदैन । मन्दिरमा फुकालेको जुत्ता पुनः लगाउन पाइयो भने त ठुलो राहत भइहाल्यो हरायो भने चाहिँ यताउति हेर्यो, कोहीलाई सोध्यो, अरूको खुट्टामा हेर्यो र यति गरे पनि पाइएन भने नयाँ किनेर लगायो अनि हिँड्यो । यत्ति न हो । तर भारतको राज स्थानमा एक व्यक्तिले मन्दिरमा आफ्नो जुत्ता चोरी भएपछि प्रहरीलाई उजुरी नै दिए ।
तर यो घटना सात वर्ष पुरानो हो । सात वर्षपछि प्रहरीले पीडितलाई बल्ल अपडेट दिएको छ । वास्तवमा, भारतको शिवपुरीमा बस्ने महेन्द्र कुमार दुबेको जुत्ता सन् २०१७ मा हराएको थियो । मत्स्य विभागमा सहायक सञ्चालक पदबाट सेवानिवृत्त महेन्द्र करिब सात वर्ष अघि राजस्थानको चित्तौडगढ जिल्ला सांवरिया सेठ मन्दिरमा दर्शनका लागि गएका थिए । त्यहाँ उनको जुत्ता चोरिएको थियो । स्वभावले हठी महेन्द्रले यो चोरीको लिखित उजुरी मनसफिया थानामा दिएका थिए । चोरीको यो घटना १४ जनवरी सन् २०१७ मा भएको थियो ।
एक भारतीय सञ्चार माध्यम अनुसार केही दिन अघि दुबेलाई थानाबाट आरक्षक खुबचन्दको फोन आयो । उनले मन्दिर परिसरमा चोरी भएका केही जोडी जुत्ता भेटिएको जानकारी दिँदै थानामा आएर आफ्नो जुत्ता चिनेर लैजान महेन्द्रलाई अह्राए ।
यो फोन यस कारण पनि आएको थियो किनभने अगस्ट सन् २०२३ मा एक न्यायाधीशका छोराले यसै मन्दिरबाट जुत्ता चोरिएको उजुरी दिएका थिए । यो खबर महेन्द्र कुमारले पत्रिकामा देखेपछि पुरानो निवेदनसहित थानामा ७ वर्षअघि दर्ता गरिएको आफ्नो उजुरीबारे उनले सोधी खोजी गरेका थिए ।
यो पत्रको आधारमा थानाबाट जुत्ता चिनेर लैजान उनलाई फोन आएको थियो । महेन्द्रले प्रहरीलाई जुत्ताको तस्बिर खिचेर पठाइदिन भने तर थानाले भने त्यसो गर्न नमिल्ने र यसका लागि थाना नै आउनुपर्ने बताए । यसका साथै, जुत्ता लैजानु अघि उनको बयान दर्ता गर्नुपर्ने पनि बताइयो ।
महेन्द्र दुबेले जुत्ता लिन मनसाफिया जानका लागि जुत्ताको भन्दा पनि बढी खर्च लाग्ने उनले बताए । त्यसैले उनले जुत्ता हेर्न जाने निर्णय रद्द गरेको भारतीय सञ्चार माध्यमले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण