नेपालको सीमा नाकामा १९ वटा भन्सार कार्यालय स्थापना गर्दै भारत
काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै कार्यालय स्थापना गर्ने स्थान पहिचान गरिएको बताएका हुन् ।
भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’का अनुसार पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ (एलसीएस) ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन् । यस्तै, नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन् ।
भारतले नेपाल–भारत सीमा नाकामा थपिन लागेका कूल १९ यस्ता कार्यालय स्थापनाको योजना अघि बढाएको छ । जसमध्ये १० कार्यालय बिहार राज्यमा मात्रै खोलिनेछन् । १० कार्यालयहरु बिहारको विभिन्न जिल्लामा स्थापना हुनेछन् । जसमध्ये कृष्णगञ्ज, सिटामर्ही, सुपाल, मधुबानी, पश्चिम चम्पारण लगायतका जिल्लामा स्थापना हुनेछन् ।
जोगबनी एकीकृत जाँच चौकी नजिक नयाँ भन्सार कार्यालयको शिलन्यास गर्दै शाहले यस्तो बताएका हुन् । ल्याण्ड पोर्ट अथोरिटी अफ इन्डियाले नेपाल र भारतबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताए ।
‘यो एकीकृत जाँचचौकीबाट दैनिक ७ हजार ट्रक आवतजावत गर्छन्,’ शाहले भने, ‘यो नेपाल र भारतबीच हुने कूल व्यापारको १४ प्रतिशत हो ।’ भारत सरकारले नेपालसँगको व्यापारलाई बढवा दिनका लागि कोअर्डिनेसन, कोअपरेशन र कोल्याब्रेसनको एजेन्डा अघि बढाइरहेको छ ।
उनले जोगबनी एकीकृत जाँचचौकी नजिक सहस्त्र सिमा बल (एसएसबी)को भवन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण