जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने
मुम्बई । सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठुलो परिवर्तन लिएर आयो । चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए । करिनालाई आजसम्म सोही चलचित्रको भूमिका लागि सम्झिने गरिन्छ ।
१६ वर्षपछि यस चलचित्रको दोस्रो भाग बनाउने योजना बनाइएको छ । टाइम्स नाउको रिपोर्ट अनुसार चलचित्रको सुरुवाती चरणमा काम भइरहेको छ । चलचित्रलाई राज मेहताले निर्माण तथा इम्तियाज अलीले निर्देशन गर्ने बताइएको छ । निर्माताहरुले यस चलचित्रका लागि करिना कपुर र शाहिद कपुरसँग कुराकानी गरिरहेका छन् । यदि यो सफल भयो भए भने कुनै समय प्रेम–जोडी रहेका यी दुई जनालाई ७ वर्षपछि सँगै काम गरेको देख्न पाइनेछ ।
दुवैले अन्तिम पटक सन् २०१६ मा रिलिज भएको चलचित्र ‘उड्ता पञ्जाब’मा काम गरेका थिए । यद्यपि, दुवैले एक अर्कासँग स्क्रिन सेयर भने गरेका थिएनन् । यो वर्ष मुम्बईका केही हलमा चलचित्रलाई रि–रिलिज गरेपछि चलचित्रको दोस्रो भागको बारेमा चर्चा सुरु भएको थियो । फ्यानहरूको उत्साहलाई देखेर नै निर्माताहरुले यसको दोस्रो भाग बनाउने निर्णय गरेका थिए ।
यसबारे शाहिदलाई प्रश्न गर्दा उनले स्क्रिप्टको गुणस्तर हेरेर यसबारे निर्णय गर्ने बताए । यदि पहिलो भागको कथासँग मेल खान्छ भने आफू काम गर्न तयार रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण