वामपन्थी सरकारले शक्तिको दुरुपयोग गर्दा संविधान कार्यान्वयनमा समस्या : खनाल
काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खानलले दुई तिहाइ मत प्राप्त वामपन्थी सरकारले शक्तिको नराम्रो दुरुपयोग गरेपछि मुलुक अस्थिरताको दुष्चक्रमा फसेको आरोप लगाएका छन् ।
बुधबार संविधान दिवसको अवसरमा भिडियो सन्देश दिँदै उनले अस्थिरताको दुष्चक्रबाट अझैसम्म मुक्त हुन नसक्दा संविधान कार्यान्वयनमा समस्या आएको जिकिर गरे । संविधान जारी भएको ८ वर्ष पुरा भइसक्दासमेत त्यसबमोजिम नीति, योजना, कार्यक्रम र बजेट ठिक ढंगले लागु गर्न राजनीतिक दल र नेतृत्व असफल भएको उनले आरोप लगाए ।
‘संविधान बनेपश्चात् भएको पहिलो निर्वाचनमा वामपन्थीले २ तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यो दुई तिहाइ बहुमत वास्तवमा ठुलो शक्तिमा रहेको थियो’, उनले भने, ‘त्यसको नराम्रो दुरुपयोग भएपछि अस्थिरताको दुष्चक्रमा मुलुक फस्यो । त्यो अस्थिरताबाट अझैसम्म मुक्त हुन सकेको छैन ।’
अस्थिरताबाट जोगाउनका लागि संविधान बमोजिम भूमिसुधार गरी कृषि क्रान्तिलाई अगाडि बढाउन पर्ने उनले बताए । यस्तै अजिंगरले बेरेजस्तै देशलाई चारैतिरबाट भ्रष्टाचारले बेरेको भन्दै भ्रष्टाचारबाट मुक्त गर्न सबै दलहरूले गम्भीर समीक्षा गर्न आवश्यक रहेको खनालको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण