‘पशुपति प्रसाद २ : भष्मे डन’ को यस्तो छ ‘प्रेम शरणम्’
काठमाडौंँ । आगामी कार्तिक ४ अर्थात् दशैंको फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार समेत ब्यापक बनाएको छ ।
यस्तै निर्माण युनिटले फिल्मको दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरेको छ । विपिन कार्की र स्वस्तिमा खड्का प्रस्तुत गरिएको गीतमा माया प्रेमलाई दखाउन खोजिएको छ ।
र्याप समिश्रण रहेको गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्धाजको शब्द, काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर छ । प्रविन सिंहको कोरियोग्राफी गीतमा छ । गीतमा संगीतकार भारद्धाज आफैंले र्यापमा स्वर भरेका छन् ।
फिल्म पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा छ ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा विपिनका र स्वस्तिको अलवा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको पनि फिल्ममा विशेष भूमिका छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई खगेन्द्रले निर्माण गरेका हुन् । लामिछानेकै लेखन रहेको फिल्ममा कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
सफल फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल यो फिल्म पहिलो सिक्वेलको चरित्र ‘भष्मे डन’ मा केन्द्रित छ । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण