१० खेलाडीमा सीमित सिटीले फरेस्टलाई हरायो
इतिहाद । १० खेलाडीमा सीमित भए पनि साबिक विजेता म्यानचेस्टर सिटीले नटिङह्याम फरेस्टलाई हराउन सफल भएको छ । शनिबार भएको खेलमा सिटी २–० गोलले विजयी बन्यो ।
खेलको १४ मिनेट भित्र सिटीले दुई गोलको अग्रता बनाइसकेको थियो । सातौँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । सात मिनेटपछि अर्लिङ हालान्डले सिटीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफ सुरु भएको २७ सेकेन्डमा नै रोड्रीले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो ।
पहिलो हाफमा फरेस्टलाई दबाबमा राखेको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन ठुलै मिहिनेत गर्न परेको थियो । यसका बावजुद टोलीले विपक्षीलाई रोक्न सफल भएको थियो ।
६ खेलमा शतप्रतिशत नतिजा कायम राख्दै सिटी १८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेले भने लुटन टाउन र वुल्भरह्याम्पटन वान्डरर्स पनि १–१ को बराबरीमा रोकिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण