बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित सिटीले फरेस्टलाई हरायो

शनिबार, ०६ असोज २०८०, २२ : ०२
शनिबार, ०६ असोज २०८०

इतिहाद । १० खेलाडीमा सीमित भए पनि साबिक विजेता म्यानचेस्टर सिटीले नटिङह्याम फरेस्टलाई हराउन सफल भएको छ । शनिबार भएको खेलमा सिटी २–० गोलले विजयी बन्यो ।

खेलको १४ मिनेट भित्र सिटीले दुई गोलको अग्रता बनाइसकेको थियो । सातौँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । सात मिनेटपछि अर्लिङ हालान्डले सिटीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफ सुरु भएको २७ सेकेन्डमा नै रोड्रीले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो ।

पहिलो हाफमा फरेस्टलाई दबाबमा राखेको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन ठुलै मिहिनेत गर्न परेको थियो । यसका बावजुद टोलीले विपक्षीलाई रोक्न सफल भएको थियो ।

६ खेलमा शतप्रतिशत नतिजा कायम राख्दै सिटी १८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेले भने लुटन टाउन र वुल्भरह्याम्पटन वान्डरर्स पनि १–१ को बराबरीमा रोकिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप