आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा कसले र किन पठाउँदै छ बिकिनी ?

आइतबार, ०७ असोज २०८०, १४ : ४८
आइतबार, ०७ असोज २०८०

आउँदो जनवरीमा एउटा दुब्लो पातलो युरोपियन अन्तरिक्षयानलाई इसरोको पिएसएलभी रकेटद्वारा प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षयानको नाम हो बिकिनी । यो युरोपियन स्टार्टअप द एक्सप्लोरेशन कम्पनीको एउटा रि–एन्ट्री भेहिकल हो । खासमा बिकिनी यो कम्पनीको ठुलो रियुजेबेल रि–एन्ट्री मोड्युल निक्सको सानो भर्सन हो ।

बिकिनीलाई यो रकेटले धर्तीको सतहभन्दा ५०० किलोमिटर माथि लगेर छोडिदिनेछ । त्यहाँबाट यो पुनः धर्तीतिर फर्किनेछ । यति बेला यसको रि–एन्ट्रीका लागि थुप्रै अनुसन्धान गरिनेछ । यो वायुमण्डललाई पार गर्दै समुद्रमा खस्नेछ । बिकिनीको तौल ३० किलोग्राम मात्रै छ । यसको उद्देश्य अन्तरिक्षमा विभिन्न सामानको आपूर्ति गर्नु हो ।

अर्थात् द एक्स्प्लरेसन कम्पनी आफ्नो बिकिनी स्पेसक्राफ्टमार्फत् अन्तरिक्षमा सामान आपूर्तिको व्यवस्थामा जुटेको छ । यदि बिकिनी जनवरीमा रि–एन्ट्री मिसनमा सफल भयो भने यसले व्यावसायिक उडानको नयाँ दुनियाँको ढोका खोल्नेछ । अर्थात् अन्तरिक्षमा कुनै पनि सामानको आपूर्ति हुन सक्नेछ, त्यो पनि सस्तोमा ।

bikini1एरियनस्पेसबाट भारतले खोस्यो सम्झौता

पहिला यो मिसन युरोपियन एरियनस्पेस कम्पनीलाई दिने निश्चित भइसकेको थियो । तर पछि यसलाई भारतको न्युस्पेस इन्डिया लिमिटेडले हासिल गर्‍यो किनभने एरियन सिक्स रकेटको विकासमा ढिलाइ भइरहेको थियो । बिकिनीलाई पिएसएलभी रकेटको चौथो चरणमा आबद्ध गरिनेछ र अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । त्यसपछि यहाँबाट बिकिनी फिर्ता हुनेछ । 

bikini2अभियानमा हुनेछ पोएमको प्रयोग

यो मिसनका बेला द एक्सप्लोरेशन कम्पनीले सङ्कलित गरेका डाटामार्फत भविष्यमा अझै उत्कृष्ट रि–एन्ट्री र रिकभरी प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पिएसएलभी रकेटमा पिएस ४ अर्थात् चौथो चरणको प्रयोग हालै पिएसएलभी अर्बिटल एक्सपेरिमेन्टल मोड्युल अर्थात् पोएमका लागि गरिएको थियो । 

उपयुक्त उचाइ हासिल भएसँगै पिएस४ हट्नेछ

पोएम अर्थात् पिएस४ अब धर्तीको चारैतिर चक्कर लगाउँदै अनुसन्धान गर्नेछ । मुख्य मिसनमा कुनै असर नपरोस् भनेर बिकिनीलाई पिएस४ को माथि राखिनेछ । किनभने बिकिनीमा कुनै प्रकारको प्रापल्सन सिस्टम राखिएको छैन । यो पिएस४ को सहारामा नै अन्तरिक्षमा थोरै समय बिताउनेछ । उचित उचाइ हासिल भएसँगै पिएस ४ हट्नेछ त्यसपछि बिकिनी तीव्र रूपमा वायुमण्डल पार गर्दै समुद्रमा खस्नेछ ।

bikini3ठुलो मिसनको सानो ट्रायल हो बिकिनी

यो मिसनका लागि बिकिनीलाई ५०० किलोमिटर आसपास छोडिनेछ । त्यसपछि पिएस४ ले बिकिनीलाई डिबुस्ट गर्दै कक्ष छोड्नेछ । त्यसपछि १२० वा १४० किलोमिटरको उचाइमा आएपछि बिकिनीलाई छोड्नेछ र यो सिधै समुद्रमा खस्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप