शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

घाइतेको उपचार र दोषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, ०८ असोज २०८०, १५ : ०६
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । समतामूलक समाज निर्माण अभियान र विश्व हिन्दु महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् ।

सर्लाहीको मलङ्गवामा मूर्ति सेलाउने क्रममा भएको झडपमा घाइते भएकाहरूको उपचार र दोषीलाई कारबाहीको विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको उनीहरूको छ । दुई समुदायबीच भएको झडपमा सर्लाही रुपेश यादवमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट घाइते भएका रुपेश यादवको पर्साको बयोधा अस्पतालमा उपचार भइरहेको छ । सरकारले उनको उपचार निशुल्क गर्नुपर्ने र घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर गृहमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएको महाअभियानका संयोजक विजय प्रकाश निषादले बताए ।

संयोजक निषादले आर्थिक अवस्था कमजोर भएको कारण रुपेशको उपचारमा समस्या भइरहेको बताए । उनको उपचारका लागि सहयोगका लागि सर्वसाधारणमा आह्वान समेत गरेको उनको भनाइ छ । स्वास्थ्य अवस्थामा सुधार नआएको कारण थप उपचारको आवश्यकता देखिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप