असोज २१ देखि दशैं लक्षित सहुलियत पसल, के–के पाइन्छ ?
काठमाडौँ । सरकारले असोज २१ गतेदेखि दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ । सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिनाको अवधिमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ । यसपटकको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । यसका लागि ४२ विभिन्न जिल्ला छानिएको छ । यसबाहेक, साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा हुनेछ ।
सरकारले चालू आर्थिक वर्षमा सहुलियतपूर्ण पसलका लागि भनेर २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सरकारले यही असोज २१ गतेदेखि करिब डेढ महिनासम्मका लागि सहुलियत पसल सञ्चालनमा आउने बताए ।
सरकारले सञ्चालन गर्ने पसलमा जिउँदा खसी/च्याङ्गा, मोटा/मसिनो चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमास तेल, चिउरा पाइन्छ । यस्तै, यस्तै, कर्णालीको सिमी÷गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा, चिनी, नुन र अन्य प्रकारका खाद्य वस्तु समेत सहुलियत पसलमा राखिने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण