मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मण्डलामा असोज १६ देखि नाटक ‘ब्यूँझिएको सिरानी’

बिहीबार, ११ असोज २०८०, १३ : ५०
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटक घरमा असोज १६ गतेदेखि नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ । कलाकार तथा कोरियोग्राफर जेडी तमूको निर्देशन रहेको नाटकमा रुपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरु, ग्लोरी थापा, सृजना भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ ।

जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन् । नाटकमा नाटकमा अनिल सुब्बाले कला निर्देशन रहेको छ । मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ । ‘यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ,’ निर्देशक जेडीले भने । 

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार नाटकले मानसिक समस्याबाट व्यक्तिलाई बाहिर निकाल्न मद्दत गर्ने निर्देशक जेडीको भनाइ छ । 
गायिका झुमा लिम्बुले संगीत संयोजन गरेकी नाटकमा प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भरेका छन् । नाटक असोज २८ गतेसम्म नियमित मञ्चन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप