शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति प्रसाद २ : भस्मे डन’ले थाल्यो ‘बस पब्लिसिटी’

बुधबार, १७ असोज २०८०, १३ : ४७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । आगामी कार्त्तिक ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पशुपति प्रसाद २ : भस्मे डन’ । निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । फिल्मको प्रचार वास्तविक दर्शकसम्म पुगोस् भन्ने उद्देश्यले निर्माण युनिट ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।

यस्तैमा देशको विभिन्न ठाउँमा ठुला ठुला होर्डिङ राखेको फिल्म युनिटले काठमाडौँमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक यातायातका बसहरूमा फिल्मको प्रचार सामाग्रीले रङ्गिएका छन् । 

काठमाडौँमा फिल्मको पोस्टर टाँस्न नपाउने भएकोले त्यसको विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको फिल्मका निर्देशक दीपेन्द्र के खनालले बताए । उनले सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो सुनाए । उनले भने–‘बस पब्लिसिटी खर्चिलो भए पनि प्रभावकारी हुने हामीले ठानेका छौँ ।’

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप