पशुपति प्रसाद २ : भस्मे डन’ले थाल्यो ‘बस पब्लिसिटी’
काठमाडौँ । आगामी कार्त्तिक ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पशुपति प्रसाद २ : भस्मे डन’ । निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । फिल्मको प्रचार वास्तविक दर्शकसम्म पुगोस् भन्ने उद्देश्यले निर्माण युनिट ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।
यस्तैमा देशको विभिन्न ठाउँमा ठुला ठुला होर्डिङ राखेको फिल्म युनिटले काठमाडौँमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक यातायातका बसहरूमा फिल्मको प्रचार सामाग्रीले रङ्गिएका छन् ।
काठमाडौँमा फिल्मको पोस्टर टाँस्न नपाउने भएकोले त्यसको विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको फिल्मका निर्देशक दीपेन्द्र के खनालले बताए । उनले सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो सुनाए । उनले भने–‘बस पब्लिसिटी खर्चिलो भए पनि प्रभावकारी हुने हामीले ठानेका छौँ ।’
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।
खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण