सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार

बुधबार, १७ असोज २०८०, २२ : २०
बुधबार, १७ असोज २०८०

आज २०८० असोज १७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

‘मोडेल’ एउटै !

 गौर घटनालाई लिएर माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सम्बन्ध बिग्रे पनि दुवै पार्टीले एउटै मोडेलमा अभियान चलाइरहेका छन् । जनजनमा माओवादी, घरघरमा माओवादी भनी नारा दिएर माओवादीले जनतासँग माओवादीः विशेष रुपान्तरण तीन महिने अभियान सुरु गरेको छ । माओवादीले केन्द्रीय समितिका नेताहरुलाई प्रदेश, जिल्ला, स्थानीय निकायदेखि वडा तहबाटै अभियानका लागि खटाइएको छ । 

डरलाग्दो भ्रष्टाचार

देश संघीयता गएपछि पहिलो पटक भएको स्थानीय तहको चुनावमा सबैजसो नेताको साझा वक्तव्य थियो– ‘अब गाउँगाउँमा सिंहदरबार आउँछ, गाउँको विकास हुन्छ ।’ ०५४ साल यता एकै पटक २० वर्षपछि २०७४ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनमा ७ खर्बभन्दा बढी खर्च भयो ।

ओलीबाट धोका

एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा विनोद ढकाल सुरुवातदेखि नै नजिक थिए । एमालेमा सीपी मैनाली र झलनाथ खनालको फरक गुट हुँदा पनि ढकाल भने ओली र माधवकुमार नेपालकै लाइनमा थिए । एमाले विभाजनपछि पार्टीमा केपी र माधव नेपालको फरकफरक लाइन बन्यो । त्यसबेला पनि ढकालले ओलीलाई नै साथ दिए । २०७१ साल असार १९ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । 

काज सम्बन्धी नयाँ मापदण्ड

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको लागि काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुसार अब ६ महिना भन्दा बढी काजमा बसेमा सबै अवसरबाट वञ्चित गराइने छ । 

ऋणको भार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमलाई नाफामा लैजान जहाज खरिद गर्नुपर्ने बताइरहेका छन् । तर, हचुवाका भरमा नभई छलफल गरेर आवश्यकता र औचित्य पुष्टि हुने गरी खरिद गर्नुपर्ने उनको भनाइ छ ।

गन्जागोल बन्दै इन्जिनियरिङ अध्ययन

केही वर्ष अगाडिसम्म लोक सेवा आयोग र इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिने परीक्षा एकदमै स्वच्छ र निष्पक्ष हुन्छ भन्ने हुन्थ्यो । ‘प्लस टु’का परीक्षा दिएका धेरै विद्यार्थीको सपना इन्जिनियरिङ अध्ययन संस्थानमा पढ्ने हुन्थ्यो । त्यसकै लागि विकट क्षेत्रहरूबाट समेत विद्यार्थीहरू ‘प्लस टु’ को परीक्षा दिएर काठमाडौँ आउँथे र प्रवेश परीक्षाको तयारी गर्थे । संस्थानले लिने प्रवेश परीक्षामा पास भएर इन्जिनियरिङ पढ्न पाउने विद्यार्थी निकै भाग्यमानी मानिन्थ्यो ।

सापु रोग

 धादिङका एक नौ वर्षीय बालकको दाहिने तर्फको आँखा अचानक रातो भई हेर्न गाह्रो हुने भयो । लगातार दुई दिनसम्म राम्ररी हेर्न सहज नभएपछि उनलाई त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल जाँच गराइयो । त्यसपछि पत्ता लाग्यो  कि उनको आँखामा सेतो पुतलीको झुस पो रहेछ । 

गुड्दागुड्दैको जहाज फर्काइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार एउटा गजबको घटना भएको छ । बुधबार बिहान काठमाडौँबाट दिल्लीका लागि उड्नै लागेको जहाज नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको (डीजी) को ठाडो आदेशमा ‘रन वे’बाटै फर्काइएको छ । यो घटनाले हवाई जगतमा तरङ्ग फैलिन पुगेको छ ।

भोलिदेखि मौसम सुध्रने

 जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ । 

नेपालगन्जमा कर्फ्यू

नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले  निर्णय  गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप