दसैंका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने
काठमाडौँ । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
‘आज बसेको पहिलो बैठकले अग्रिम टिकट बुकिङ खुल्लाको निर्णय गरेको छ । थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरुसँग अहिले बैठक बस्दैछौं’ सिटौलाले रातोपाटीसँग भने ।
सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण