किष्ट अस्पतालमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण
काठमाडौँ । किष्ट शिक्षण अस्पतालले एकै पटकमा एक जना बिरामीको कलेजो र मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको छ ।
सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया गरी नेपाली चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले दाबी गरे ।
चितवन, भरतपुरकी ३४ वर्षीय एक महिलाको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ । उनलाई ३४ वर्षीय श्रीमानले कलेजो र उनकी ३२ वर्षीय भाउजूले मिर्गौला दान गरेका थिए ।
अस्पतालका अनुसार बिरामी व्यक्तिमा एक प्रकारको जन्मजात रोग पाइएको र कलेजोका कारणले गर्दा दुवै मिर्गौला बिग्रिएको अस्पतालको भनाइ छ ।
एकैसाथ दुवै अङ्गको प्रत्यारोपण सम्बन्धी शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको प्रा. डा. बज्राचार्यले बताए ।
सो शल्यक्रिया सम्पन्न गर्न वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियु क्रिटिकल केयर विशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसियलिस्ट फिजिसियन, सर्जन तथा नर्सिङका दक्ष प्राविधिक गरी ११५ जना परिचालन गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण