एक्लै प्रशान्त महासागर पार गर्न खोज्ने युवकको डुंगा पल्टिएपछि...
काठमाडौँ । प्रशान्त महासागरबाट अधिकारीहरूले एक अस्ट्रेलियाली युवकको उद्धार गरेका छन् । आफैँले बनाएको घरेलु डुंगा खियाउँदै १५ महिनाको अवधिमा प्रशान्त महासागर तर्ने सुर कसेर २४ वर्षका टम रबिनसन नाम गरेका युवा डुंगा यात्रामा निस्किएका थिए । गएको वर्षको जुलाईमा उनी पेरुबाट यात्रामा निस्किएका थिए ।
यो यात्रा पूरा गरेर उनी प्रशान्त महासागर वारपार गर्ने विश्वकै सबैभन्दा कान्छो व्यक्ति बन्ने सपना बुनिरहेका थिए । यात्रा पूरा हुन केही हप्ता मात्रै बाँकी थियो । गत बिहीबार साँझ डुंगा पल्टिएपछि रबिनसनको सपनामा विराम लाग्यो । क्रुज शिपको सहायाताले अधिकारीहरूले रबिनसनको उद्धार गरेका छन् । अधिकारीहरूका अनुसार डिसेम्बरमा अष्ट्रेलियाको कायन्र्स पुगेपछि उनको यात्रा सम्पन्न हुने थियो ।
सोमबार भनुआटुको लुगनभेल शहरबाट निस्किएका उनी डुंगा यात्राको अन्तिम यात्रामा थिए । अन्तिम यात्रा शुरु हुनुभन्दा ठिक एक हप्ता अघि उनले एबीसी अष्ट्रेलियासँगको अन्तर्वार्तामा यो यात्रा रेकर्डमा बस्ने वा हात खुट्टै भाँचिने खालको हुने बताएका थिए ।सो अन्जानमा उनले भनेको यो कुरा साँचो साबित भयो ।
डुंगा पल्टिनुको कारण स्पष्ट नभएको बताइएको छ । डुंगामा आकस्मिक अवस्थामा प्रयोग गरिने रेडियो बिकन एक्टिभेट भएकोले अधिकारीहरूले समुद्रमा दुर्घटनाको भेउ पाए । शुक्रबार बिहान अधिकारीहरूले उनको उद्धार गरे । उद्धारको समयमा उनी निवस्त्र थिए । २०० किमि हिँडेपछि बल्ल जहाज उनी भएको ठाउँमा पुगेको भन्दै स्थानीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण