फरारीले क्रिप्टोमा भुक्तानी लिन सुरु गर्यो
काठमाडौँ । इटलियन लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फरारीले क्रेताहरुबाट भुक्तानीको रूपमा डिजिटल मुद्रा पनि स्वीकार गर्न थालेको छ । अमेरिकामा कार किन्न आउने क्रेताहरूबाट भुक्तानीको माध्यमको रूपमा क्रिप्टोकरेन्सी पनि लिन थालिएको हो । बिस्तारै यस योजनालाई युरोपमा पनि विस्तार गरिने कम्पनीको योजना छ ।
बिट्क्वाइनलगायत डिजिटल मुद्राको भाउमा भइरहने तीब्र उतारचढावका कारण अधिकांश ब्लु–चिप कम्पनीहरुले क्रिप्टो स्वीकार गरेका छैनन् । त्यसमाथि यससम्बन्धी अस्पष्ट नियमन र क्रिप्टोकरेन्सी माइनिङका क्रममा हुने वातावरणीय क्षति पनि भुक्तानीको माध्यमको रूपमा क्रिप्टोको प्रयोगमा तगारो बनेको छ ।
विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ मा बिट्क्वाइन लिएर क्रेतालाई कार बेच्न सुरु गरेको थियो । तर वातावरणीय चिन्ता भन्दै सीईओ एलन मस्कले भुक्तानी लिन बन्द गरे । क्रिप्टोकरेन्सीहरुले कार्बन उत्सर्जन कम गर्ने प्रयास गरिरहेको अनि नवीकरणीय ऊर्जाको स्रोतको प्रयोग बढाइरहेको फरारीको प्रमुख मार्केटिङ तथा कमर्शियल अधिकृत एन्रिको गलिएराले भने ।
बजार र कार डिलहरूको अनुरोधमा क्रिप्टोमा भुक्तानी लिन थालिएको कम्पनीले बताएको छ । इथर लगायत केही क्रिप्टोकरेन्सीहरुले माइनिङका क्रममा हुने ऊर्जा खपत घटाएका छन् । तर बिट्क्वाइन माइनिङले अत्यधिक बिजुली खाइरहेको भन्दै आलोचना भइरहेको छ । फरारीले सन् २०२२ मा विश्व बजारमा १३ हजार २०० थान कार बेचेको थियो । यसका कार २ लाख युरो भन्दा अलि बढी देखि २० लाख यूरोसम्मका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण