एड नेटवर्कबाटै मोबाइल र कप्युटर ह्याक गर्न सकिने प्रविधि विकास
काठमाडौं । डिजिटल लाइफ ‘ट्र्याक’ गर्न निकै सजिलो छ । हामी दिनभरि फोन वा कम्प्युटरमा के गर्छौ ? के–के खोज्छौं ? के कस्ता सामान किन्छौ ? यी सबै जानकारी फोन र कम्प्युटरमार्फत ट्रेस गर्न सकिन्छ । यी डेटा प्रयोगकर्तालाई पर्सनलाइज एड पठाउन काम लाग्छ । यी डेटाहरु विशेष नेटवर्कमार्फत बिजुलीको गतिमा एड्भरटाइजर, पब्लिशर र एड ब्रोकरहरुलाई पठाउन सकिन्छ ।
यहीबीचमा नयाँ खालको स्पाइवेयर आएको खबर छ । इजरायली पत्रिका ह्यारेट्जका अनुसार घरेलु प्रविधि कम्पनी इन्ष्ट्यान्टले एड नेटवर्कबाटै मोबाइल र कप्युटर ह्याक गर्न सकिने प्रविधि विकास गरेको छ । यो स्पाइवेयरको नामक शेलर्क हो । यो गुपचुप मोबाइलमा इन्ष्टल भएर युजर्सको गतिविधिलाई ट्र्याक गर्न सक्छ ।
यो स्पाइवेयरलाई रोक्न सक्ने अर्को प्रविधि नबनेको पत्रिकाले बताएको छ । इजरायल सरकारले इन्ष्ट्यान्टलाई यो प्रविधि बेच्ने अनुमति दिएको छ । कम्पनीले यसअघि कुनै पनि सफ्टवेयर ल्याएको छैन । यसलाई ह्याकर वा एड कम्पनीहरुले यूज गर्न सक्ने बताइएको छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण