दसैँ असत्यमाथि सत्यको विजयको पर्व : अध्यक्ष ठाकुर
बिहीबार, ०२ कात्तिक २०८०, १४ : ५६

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँ पर्वको सामाजिक विशेषता रहेको बताएका छन् ।
दसैँ पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ठाकुरले नवरात्राको अवधिभर भगवतीको उपासना एवं अध्यक्षत्मिक चिन्तनले सम्पूर्ण मानव जगतले नयाँ ऊर्जा प्राप्त गर्ने गरेको बताए ।
अधर्ममाथि धर्मको तथा असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँले मानवभित्र रहने असुर प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
यस्तै उनले बडादसैँले आपसी भाइचारा, सद्भाव एवं सहिष्णुताको अभिवृद्धि हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन