शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पका कारण २० घर भत्किए

आइतबार, ०५ कात्तिक २०८०, ११ : ५४
आइतबार, ०५ कात्तिक २०८०

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।

पटक-पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साबिक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप