शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
भूकम्प

धादिङ केन्द्रविन्दू भएर लगातार दुई परकम्प

आइतबार, ०५ कात्तिक २०८०, १७ : ४९
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान  ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । यसअघि आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप