शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङ भूकम्प : एकै दिन ४ म्याग्निच्युडभन्दा माथिका थप ६ वटा धक्का

सोमबार, ०६ कात्तिक २०८०, ०७ : ०२
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौँ । आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् ।

बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो । त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युड र ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो ।

अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो । यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप