मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा सुख, शान्ति र समृद्धिको कामना

मङ्गलबार, ०७ कात्तिक २०८०, ०६ : २०
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप