बायर्नको जीतमा केन नायक
बुधबार, ०८ कात्तिक २०८०, ०६ : १७
इस्तानबुल । ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ ।
खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
दोस्रो हाफको ७३ औँ मिनेटमा केनले सहज ट्याप–इन गर्दै टोलीलाई पुनः अग्रता दिलाए । छ मिनेटपछि उनले जमाल मुसियालीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।
प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो । तीन खेलमा तेस्रो जीत हासिल गर्दै टोली समूह एको शीर्ष स्थानमा रहेको छ । समूहमा गलातासारे दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण