बायर्नको जीतमा केन नायक
बुधबार, ०८ कात्तिक २०८०, ०६ : १७

इस्तानबुल । ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ ।
खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
दोस्रो हाफको ७३ औँ मिनेटमा केनले सहज ट्याप–इन गर्दै टोलीलाई पुनः अग्रता दिलाए । छ मिनेटपछि उनले जमाल मुसियालीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।
प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो । तीन खेलमा तेस्रो जीत हासिल गर्दै टोली समूह एको शीर्ष स्थानमा रहेको छ । समूहमा गलातासारे दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय