बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा ५५ करोडको छुर्पी निर्यात

बुधबार, ०८ कात्तिक २०८०, १५ : ४९
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा ५५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट २ लाख ७३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट छुर्पी विश्वका १७ देशमा निर्यात हुँदै आएको छ । र, बिरालो र कुकुरका खानाकारुपमा लग्ने छुर्पी विकसित देशमा निर्यात हुन्छ ।

नेपालबाट क्यानडामा ४ करोड २० लाखको छुर्पी निर्यात हुँदा चीनमा ३ लाख ६७ हजार रुपैयाँ, हङकङमा ३५ लाख, अमेरिकामा ४७ करोडको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १३ लाख, कोरियामा ४५ लाख, मलेसियामा १२ लाख र नेदरल्याण्ड्समा २० लाख रुपैयाँको निर्यात भएको भन्सार तथ्याङ्कले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप