दुई महिनामा ५५ करोडको छुर्पी निर्यात
बुधबार, ०८ कात्तिक २०८०, १५ : ४९
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा ५५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट २ लाख ७३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट छुर्पी विश्वका १७ देशमा निर्यात हुँदै आएको छ । र, बिरालो र कुकुरका खानाकारुपमा लग्ने छुर्पी विकसित देशमा निर्यात हुन्छ ।
नेपालबाट क्यानडामा ४ करोड २० लाखको छुर्पी निर्यात हुँदा चीनमा ३ लाख ६७ हजार रुपैयाँ, हङकङमा ३५ लाख, अमेरिकामा ४७ करोडको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १३ लाख, कोरियामा ४५ लाख, मलेसियामा १२ लाख र नेदरल्याण्ड्समा २० लाख रुपैयाँको निर्यात भएको भन्सार तथ्याङ्कले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण