सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश श्रेष्ठ पनि चीन भ्रमणमा

शुक्रबार, १० कात्तिक २०८०, १३ : ४१
शुक्रबार, १० कात्तिक २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ एक साताका लागि चीन जान लागेका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेका हुन् । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अक्टोबर २७ (शुक्रबार) चीन जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ त्यसको एक सातापछि नेपाल फर्कने छन् । चीनमा हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुनेछ । चीनमा त्यहाँका समकक्षीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।


यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि शुक्रबार नै चीन प्रस्थान गरेका छन् । चीनमा हुन लागेको दशौं बेइजिङ सियानसान फोरममा सहभागी हुन हुनी चीन प्रस्थान गरेका हुन् । अक्टोबर २९ देखि ३१ तारिकसम्म बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान चीन प्रस्थान गरेका हुन् । 


‘कमन सेक्युरिटी, लाष्टिङ पिस’को थिम दिएर हुन लागेको यस कार्यक्रममा विश्वशान्तिका लागि राष्ट्रहरुको भूमिका, एसिया प्यासिफिक क्षेत्रको सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप