प्रधानन्यायाधीश श्रेष्ठ पनि चीन भ्रमणमा
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ एक साताका लागि चीन जान लागेका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अक्टोबर २७ (शुक्रबार) चीन जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ त्यसको एक सातापछि नेपाल फर्कने छन् । चीनमा हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुनेछ । चीनमा त्यहाँका समकक्षीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि शुक्रबार नै चीन प्रस्थान गरेका छन् । चीनमा हुन लागेको दशौं बेइजिङ सियानसान फोरममा सहभागी हुन हुनी चीन प्रस्थान गरेका हुन् । अक्टोबर २९ देखि ३१ तारिकसम्म बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान चीन प्रस्थान गरेका हुन् ।
‘कमन सेक्युरिटी, लाष्टिङ पिस’को थिम दिएर हुन लागेको यस कार्यक्रममा विश्वशान्तिका लागि राष्ट्रहरुको भूमिका, एसिया प्यासिफिक क्षेत्रको सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण