म मार्क्सवादी कांग्रेस

१९औँ शताब्दीका जर्मन दार्शनिक, अर्थशास्त्री कार्ल मार्क्सको नाममा राखिएको सामाजिक, राजनीतिक र आर्थिक दर्शन हो मार्क्सवाद । यसले श्रम, उत्पादकत्व र आर्थिक विकासमा पुँजीवादको ऐतिहासिक प्रभाव र वर्चश्व (पुँजीवादी प्रणाली) लाई सामूहिक प्रणालीले प्रतिस्थापन गर्न श्रमिक क्रान्ति वा सर्वहारा क्रान्ति आवश्यक छ भन्ने तर्क गर्छ ।
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका गुरु कार्ल मार्क्सले विकास र रूपान्तरणका लागि संघर्ष अनिवार्य छ भन्ने मान्यतालाई विश्वमा चर्चाको शिखरमा पुर्याए । जसलाई वर्ग संघर्षको सिद्धान्तका नामले चिनिन्छ । जसअन्तर्गत उनले मुख्य तीन कुरालाई प्राथमिकता दिएका छन् — १) सर्वहारा वर्गको अधिनायकत्व । २) साम्यवादी समाज, (राज्यविहीनताको अवस्था) । ३) अतिरिक्त मूल्यको सिद्धान्त । संघर्ष, अधिनायकत्व र साम्यवाद मार्क्सवादको मूल कडी हो ।
मार्क्सवाद जर्मनदेखि पूर्वीयुरोप, रसिया, चीन हुँदै उत्तरी मार्गबाट नेपालसम्म आइपुग्दा वर्ग संघर्षका रूपमा प्रवेश भयो । जुन विचारलाई माले, मसाल, जनमोर्चा, एमालेले केही दशकसम्म राजनीतिक हतियार बनाए । त्यही विचारबाट प्रभावित भएर २०५२ सालदेखि नेपालमा माओवादी सशस्त्र संघर्ष भयो । संघर्षका माध्यमबाट संघीय गणतन्त्रात्मक व्यवस्थामा बन्यो । तथापि केही साना कम्युनिस्ट पार्टीले तिनै सिद्धान्त र विचारलाई अझै सशक्त बनाउनुपर्ने मान्यता बोक्दै नयाँ पार्टी निर्माण गर्ने क्रमलाई जारी राखेका छन् ।
मार्क्सवादी विचार पश्चिम युरोपेली देश वा बेलायत लगायत देश हुँदै पश्चिमा देशबाट भारतसम्म र विभिन्न तह तथा प्रकारले संशोधन हुँदै नेपालभित्र आइपुग्दा वर्ग समन्वयको रूप लियो । जसको नेतृत्व भारतमा महात्मा गान्धीले र नेपालमा बीपी कोइरालाले गरे । मूलतः मार्क्सवादलाई लेनिनले अझै क्रान्तिकारी बनाउँदै १९१७ को अक्टोबर क्रान्तिमा पुर्याए । लेनिनले नै रसियालाई विश्वमा सर्वहारा र मजदुर वर्गको राज्य बनाउँदै सोभियत संघ बनाए । त्यसै गरी चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्तिका माध्यमबाट मार्क्सवादलाई अपनाए ।
मार्क्सवादलाई लिएर नेपालको सन्दर्भ कोट्याइरहँदा प्रजातान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीचको द्वन्द्व र सहकार्य आजको केन्द्रीय विषयवस्तुभित्र पर्र्छ ।
कांग्रेस र मार्क्सवाद
मार्क्सवाद १९औँ शताब्दीको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको क्रान्तिकारी राजनीतिक विचार हो । जसरी विभिन्न धार्मिक समुदायले गीता, बाइबल, कुरान, मुन्दुमलाई प्रमुख ग्रन्थ मान्ने गरेजस्तै कम्युनिस्टले मार्क्सवादलाई राजनीतिक गीता मान्छन् । कम्युनिस्टले त्यस्तो ठुलो गीता मानेको आदर्श र सिद्धान्तको ग्रन्थसँग नेपाली कांग्रेसको सम्बन्ध कसरी रहन गयो ?
अर्को उदाहरण गिरिजाप्रसाद कोइरालाले युद्धरत नेकपा माओवादीसँग गरेको बाह्रबुँदे सहमति र सहकार्य हो, जसले मार्क्सवादसँगको एक ऐतिहासिक सम्बन्धलाई पुष्टि गर्छ । आज जति पनि राजनीतिक उपलब्धि भएका छन्, ती सबै प्रगतिशील कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक कम्युनिस्टको सहयोगमा भएको छ ।
यसको जवाफ पाउन एकपटक बीपीको आत्मवृत्तान्तको केही अंश पढ्नुपर्छ र मार्क्सवादी दार्शनिक नेता लियोन ट्रोटस्कीको अन्तर्राष्ट्रियतावादलाई बीपीले मन पराएको भन्ने प्रसङ्ग बुझ्नुपर्छ । मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको अध्ययनपछि बीपीले त्यसलाई स्वीकार गरेका छन्, ‘मलाई मार्क्सवाद मनपर्छ । मार्क्सवादी दर्शनले बोकेको वर्ग संघर्षको सिद्धान्त पनि ठिक छ तर कम्युनिस्ट पार्टीप्रति भने मेरो आकर्षण भएन किनकि महायुद्धमा उनीहरू (कम्युनिस्ट) जर्मनीको पक्षमा उभिएका थिए । मार्क्सवादीहरूले नाजीवादी हिटलरको युद्धलाई सिभिल वार भनेका थिए, तर ट्रटस्की कम्युनिस्ट भएर पनि उनको अन्तर्राष्ट्रियतावादले भने मलार्ई प्रभाव पार्यो ।’
यहाँनेर बीपीले विचारको अन्तर्राष्ट्रियतावादलाई मन पराउनु भनेको घुमाउरो मार्गबाट मार्क्सवादप्रति आकर्षित भएको बुझिन्छ । उनको अन्तर्राष्ट्रियतावादको मुख्य आशय मार्क्सवादी विचार र सिद्धान्तलाई देशकाल परिस्थिति अनुसार विश्वव्यापी गर्न सकिन्छ भन्ने थियो ।
तिनै मान्यतालाई नेपालमा बीपीले २००७ सालमा क्रान्तिको रूप दिए । बीपीले जे गरे त्यो मार्क्सवादी विचार सिद्धान्तको प्रभाव नै थियो । त्यसबेला नेपालमा विचार, सिद्धान्त आदर्शद्वारा राणाशासनको अन्त्य गर्न सकिन्छ भन्ने अवस्था थिएन पनि । त्यसकारण उनले बल प्रयोगकै सिद्धान्त प्रयोग गरे । जुन वर्ग संघर्षको एक प्रयोग थियो । अर्को कुरा, विचार सिद्धान्तको हतियार प्रयोग गर्दा आन्दोलन र क्रान्ति ढिलो हुन्थ्यो वा ढिलो सुरु गरेको क्रान्तिले लक्ष्यमा पुग्न सकिन्छ सकिँदैन त्यो टुंगो पनि हुँदैन भन्ने बीपीलाई विश्वास नभएर हो कि उनले क्रान्तिलाई नै रोजे । ठिक समयमा बीपीले क्रान्तिको थालनी गरे, जसले राणाशासनको अन्त्य भयो । सिरियामा मजदुर वर्गले जारशाही विरुद्धको क्रान्ति त्यस्तै थियो । त्यसकारण भन्न सकिन्छ बीपी मार्क्सवादी दर्शनबाट प्रभावित वा मार्क्सवादी कांग्रेस थिए । यसो भन्दा कांग्रेस पार्टीले कुनै आश्चर्य मान्नुपर्दैन किनभने कांग्रेसभित्र अवसरको खोजी गर्दै सामन्ती, दक्षिणपन्थी र धार्मिक कट्टरपन्थी समूह पनि उत्तिकै छन् । बीपी मार्क्सवादी हुन् भन्दा उनीहरूको मन दुख्न पनि सक्छ तर यथार्थमा बीपीले लिएको प्रायः सबै नीति मार्क्सवादी सिद्धान्तबाटै प्रभावित थिए । जसलाई उनले प्रजातान्त्रिक समाजवादको रूपमा प्रस्तुत गरे ।
पछिल्लो (२०४६ र २०६२) समयमा गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र आजको दिनमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले मार्क्सवादी सिद्धान्तसँग निकटता देखायो ।
द्वन्द्वका बारेमा अलिकति खोतल्ने हो भने मार्क्सवादसँगको सम्बन्धबारे अझै प्रस्ट हुन सजिलो हुन्छ । २०४६ मा गणेशमान सिंहले मार्क्सवादी स्कुलबाट दीक्षित कम्युनिस्ट घटकहरूको संयुक्त वाम मोर्चासँग आन्दोलनको मैदानमा कार्यगत एकता गर्दै प्रजातन्त्रलाई लक्ष्य बनाए । त्यसबेलासम्म नेपालमा मार्क्सवादी विचार, सिद्धान्त र दर्शनको निकै राम्रो प्रभाव जमिसकेको थियो भन्ने तथ्य तत्कालीन समयमा कांग्रेसले कम्युनिस्टसँग गरेको सहकार्यले दर्शाउँछ । त्यो कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आन्दोलनले २०४७ मा प्रजातान्त्रिक संविधान बनायो । त्यो समस्त प्रजातन्त्रवादीका लागि नयाँ बिहानी थियो तर त्यही आन्दोलनपछि नेपाली कांग्रेसभित्र मार्क्सवादी दर्शन, विचार र सिद्धान्तले भित्रभित्रै राम्रोसँग जरा गाडिसकेको थियो । जसले गर्दा बीपीपछि कांग्रेसभित्र अरु धेरै नेता मार्क्सवादी विचारतिर आकर्षित हुने क्रम बढ्दै गयो ।
कम्युनिस्ट र कांग्रेसबिचमा विचार, दर्शन र सिद्धान्तमा फरक भए पनि व्यवहारमा द्वन्द्वात्मकभन्दा सहकार्य गर्ने नीतिमा पुगे । त्यसको अर्को उदाहरण गिरिजाप्रसाद कोइरालाले युद्धरत नेकपा माओवादीसँग गरेको बाह्रबुँदे सहमति र सहकार्य हो, जसले मार्क्सवादसँगको एक ऐतिहासिक सम्बन्धलाई पुष्टि गर्छ । त्यो यत्तिकै बनेको सहमति थिएन । त्यसका पछाडि गिरिजाप्रसाद कोइरालाको मजदुर आन्दोलनको नेतृत्व एक प्रभाव पनि थियो । एक–अर्काका कट्टर दुश्मन माओवादी र कांग्रेस आन्दोलनको मैदानबाट संविधानसभाको उद्देश्यमा पुग्नु कुनै संयोग मात्र थिएन । त्यसका पछाडि कुनै न कुनै रूपमा मार्क्सवादी विचारको प्रभाव थियो, जसले गिरिजाप्रसादलाई कम्युनिस्टको दैलोमा पुर्यायो । त्यसकारण आज जति पनि राजनीतिक उपलब्धि भएका छन्, ती सबै प्रगतिशील कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक कम्युनिस्टको सहयोगमा भएको छ । हरेक पार्टीभित्र कुनै न कुनै रूपमा केही रूपान्तरण र केही प्रगतिशीलहरूको समूह हुन्छन् ।
तिनै मान्यतालाई नेपालमा बीपीले २००७ सालमा क्रान्तिको रूप दिए । बीपीले जे गरे त्यो मार्क्सवादी विचार सिद्धान्तको प्रभाव नै थियो । त्यसबेला नेपालमा विचार, सिद्धान्त आदर्शद्वारा राणाशासनको अन्त्य गर्न सकिन्छ भन्ने अवस्था थिएन पनि ।
उदाहरणका रूपमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रियको इतिहासको घटना उल्लेख गर्दा प्रस्ट हुन्छ । १८६४ मा फुटको मारमा परेको कम्युनिस्ट लिगलाई पुनर्गठित गर्ने काम कार्लमाक्र्र्सले गरे । त्यसलाई पहिलो अन्तर्राष्ट्रिय कामदार वर्गको संगठन नाम दिए । यद्यपि त्यस संगठनभित्र जोसेफ प्रोदो र मिखाइल बाकुनिनजस्ता अराजकतावादी र संशोधनवादी, एडवार्ड बर्नस्टेन, ब्लांकीजस्ता उग्रवामपन्थी र रोबर्ट ओवेनका समाजवादी पनि सहभागी थिए । विभिन्न विचारधाराका व्यक्तिले आ–आफ्ना तरिकाले संगठन चलाउन खोजेका कारण धराशयी भयो । सन् १८७६ मा त्यो संगठन विघटन भयो । आज तीन सय वर्षपछि निर्माण भएको नेपालका पार्टीमा मार्क्सकै अन्तर्राष्ट्रिय कामदार वर्गको संगठनको अवस्था छ । कम्युनिस्ट पार्टीभित्र बहुसंख्यक नेताहरू अवसरवादी प्रवृत्ति छन् भने नेपाली कांग्रेसभित्र यथास्थितिवादी, दक्षिणपन्थी र धार्मिक अतिवादी समूह र प्रगतिशील कांग्रेसबीच सधैँ भिडन्त चलिरहेको छ ।
पछिल्लो प्रगतिशील कांग्रेसको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । किनकि उनले उग्रवामपन्थी आन्दोलनबाट रूपान्तरण हुँदै संसदीय गणतन्त्रमा होमिएका पुष्पकमल दाहाल प्रचण्डलाई निसंकोच सरकारको नेतृत्व गर्न दिइरहेका छन् । उनी पनि बीपी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाकै मार्गमा मार्क्सवादी विचारकै प्रभावमा छन् ।
अरु कांग्रेस कोही दक्षिणपन्थी, कोही धार्मिक अतिवादी, कोही परिवारवादी छन् तर म त परेँ मार्क्सवादी कांग्रेस । मार्क्सवादी कांग्रेसका तर्फबाट दसैँको शुभकामना ।
(लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान