बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, १४ कात्तिक २०८०, १२ : ०१

काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् ।
नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?