आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, १५ कात्तिक २०८०, १२ : २२
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । डडेलधुरा र कैलालीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका-१ गाङखेतस्थित सडकमा यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल पल्टिएर सु.प.प्र.०१ ००१ च २९५५ नम्बरको जिपमा समेत ठोकिएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक दार्चुला मालिकार्जुन गाउँपालिका-४ बस्ने ५५ वर्षीय सम्भु सिंह धामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता कैलाली गोदावरी नगरपालिका-६ खैरेनापुल निजक सडकमा सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप