न्युजिल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा
पुणे । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनको विशाल अन्तरले विजयी भएको हो ।
पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५.३ ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डको यो लगातार तेस्रो हार हो । पराजयसँगै न्युजिल्याण्ड नेट रन रेटको आधारमा चौथो स्थानमा खस्किएको छ ।
दक्षिण अफ्रिका भने लगातार चौथो जीत निकाल्दै एक खेल कम खेलेको भारतलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अङ्क रहे पनि रन रेटको आधारमा दक्षिण अफ्रिका एक स्थान माथि उक्लिएको हो ।
दक्षिण अफ्रिकाका बलरसामु न्युजिल्याण्डका ब्याट्समान निरीह बनेका थिए । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए भने विल यङले ३३ रन र डेरल मिचेलले २४ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए । जेराल्ड कोट्जेले २ तथा कागिसो रबाडाले एक विकेट लिए ।
यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । डी ककले १ सय १४ रनको शानदार पाली खेले । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।
त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण