भूकम्प पीडितलाई १५ लाख येन आर्थिक सहयोग गर्ने एनआरएनए जापानको घोषणा
जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
‘यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौँ’ अध्यक्ष निउरे भने । तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ।
जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरि भूकम्प पीडित परिवारलाई आवश्यक सहयोग गर्ने गरी योजना बनाएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले शनिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनए जापानको नेतृत्वमा ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ सञ्चालन गरिने भएकोले उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाइदिन जापान स्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूर्णमा विषेश अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण