पिता अपहरणमा परेका डियाजले जोगाए लिभरपुललाई
लुटन । आफ्ना आमाबुवा अपहरणमा परेपछि पहिलो पटक मैदानमा फर्किएका लुइस डियाजले लिभरपुललाई हरबाट जोगाएका छन् । अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डियाजले इन्जुरी समयमा गोल गर्दै लुटन टाउनसँग १–१ को बराबरी गर्न सफल भएका हुन् ।
उनकी आमालाई अपहरणकारीले छाडे पनि पिता भने अझै हराइरहेका छन् । गोल गरेपछि कोलम्बियन खेलाडीले बुवालाई छाड्न अपिल गरिएको टिसर्ट प्रदर्शन गरेका थिए । खेलपछि उनले आफ्नो पितालाई तत्काल रिहा गर्न आग्रह गर्दै वक्तव्यसमेत जारी गरे ।
यसअघि ताहित चोङले खेलको ८० औँ मिनेटमा गोल गर्दै लुटन टाउनलाई अग्रता दिलाएका थिए । ऐतिहासिक जीततर्फ अघि बढिरहेको लुटनको सपना खेलको ९५ औँ मिनेटमा चकनाचुर पारिदिए ।
बराबरपछि लिभरपुल आर्सनललाई उछिन्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट लिभरपुलको २४ अङ्क रहेको छ । उता बराबरीपछि ६ अङ्क बटुल्दै लुटन पनि रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण