बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पिता अपहरणमा परेका डियाजले जोगाए लिभरपुललाई

सोमबार, २० कात्तिक २०८०, ०६ : ०८
सोमबार, २० कात्तिक २०८०

लुटन । आफ्ना आमाबुवा अपहरणमा परेपछि पहिलो पटक मैदानमा फर्किएका लुइस डियाजले लिभरपुललाई हरबाट जोगाएका छन् । अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डियाजले इन्जुरी समयमा गोल गर्दै लुटन टाउनसँग १–१ को बराबरी गर्न सफल भएका हुन् ।

उनकी आमालाई अपहरणकारीले छाडे पनि पिता भने अझै हराइरहेका छन् । गोल गरेपछि कोलम्बियन खेलाडीले बुवालाई छाड्न अपिल गरिएको टिसर्ट प्रदर्शन गरेका थिए । खेलपछि उनले आफ्नो पितालाई तत्काल रिहा गर्न आग्रह गर्दै वक्तव्यसमेत जारी गरे ।

यसअघि ताहित चोङले खेलको ८० औँ मिनेटमा गोल गर्दै लुटन टाउनलाई अग्रता दिलाएका थिए । ऐतिहासिक जीततर्फ अघि बढिरहेको लुटनको सपना खेलको ९५ औँ मिनेटमा चकनाचुर पारिदिए । 

बराबरपछि लिभरपुल आर्सनललाई उछिन्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट लिभरपुलको २४ अङ्क रहेको छ । उता बराबरीपछि ६ अङ्क बटुल्दै लुटन पनि रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप