सामूहिक बलात्कार प्रकरण : कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद
विराटनगर । एक १९ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई जनही ८ वर्ष कैद सजाय निर्धारण गरेको छ ।
मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले राउत र सुवेदीलाई बुधबार ८ वर्ष कैद र जनही ३–३ लाख रुपैयाँ जरिमाना तोक्दै फैसला गरेको हो ।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरुले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा लागेको थियो ।
पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेको बताइएको छ । उनीहरुले युवतीको अश्लील भिडियो बनाई उनीमाथि पटक–पटक करणी गर्दै आएका थिए ।
जबरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका थिए ।
यसअघि बिहीबारको इजलासले उनीहरूको कसुर ठहर भएको थियो । मुलुकी फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण