महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए
जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ बेपत्ता भएको पाँचजना किशोरी धनुषामा फेला परेका छन् । धनुषाको ढल्केवरबाट उनीहरूलाई प्रहरीले सवा १० बजे फेला पारेको हो ।
बाहिर जान लागेको उनीहरूलाई स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
महोत्तरी प्रहरीले ती किशोरीहरूलाई ल्याउन इलाका प्रहरी कार्यालय गौशालाको टोली पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता दिलीप गिरिले जानकारी दिए ।
जिल्लाको औरही नगरपालिका २ का १६ वर्षीय वसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीन भएका किशोरीहरू २४ घण्टा बढी समयपछि परिवारको सम्पर्कमा आए पनि स्थानीयको सहयोगमा प्रहरीले आज फेला पारेको हो । घटनाका विषयमा थप अनुसन्धान पश्चात् जानकारी दिने डिएसपी गिरिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण