बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए

बिहीबार, २३ कात्तिक २०८०, ११ : १८
बिहीबार, २३ कात्तिक २०८०

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ बेपत्ता भएको पाँचजना किशोरी धनुषामा फेला परेका छन् । धनुषाको ढल्केवरबाट उनीहरूलाई प्रहरीले सवा १० बजे फेला पारेको हो ।

बाहिर जान लागेको उनीहरूलाई स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।

महोत्तरी प्रहरीले ती किशोरीहरूलाई ल्याउन इलाका प्रहरी कार्यालय गौशालाको टोली पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता दिलीप गिरिले जानकारी दिए । 

जिल्लाको औरही नगरपालिका २ का १६ वर्षीय वसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए । 

सम्पर्कविहीन भएका किशोरीहरू २४ घण्टा बढी समयपछि परिवारको सम्पर्कमा आए पनि स्थानीयको सहयोगमा प्रहरीले आज फेला पारेको हो । घटनाका विषयमा थप अनुसन्धान पश्चात् जानकारी दिने डिएसपी गिरिले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप